EBLD86 1040 -2 BHDC 583 5.4 MEL 292 2 PMLI 562 1 SWMF 812 -13 NRN 905 -8 NBL 292.2 1.2 KBLD86 1115 0 PPCL 262 -5.2 NICL 990.2 -4.8 TAMOR 482.9 -2.1 PCBL 292 -2 AVYAN 909 -6 TVCL 461 1 SCBD 1111 6 VLBS 902.5 -7.5 KSBBLD87 1093.4 18.4 SADBL 419 -1 GBLBS 738 -10 SPC 520 5 BBC 4255 50 NIBSF2 8.9 0.08 SMPDA 910 -1 BARUN 379 -6.1 NMB50 10.3 0.05 SMH 1064.8 5.9 SGIC 641.2 -4.8 PROFL 655 7 SRLI 443.1 -4.9 ACLBSL 1035 0 KKHC 260 -2 NIBD2082 1099 0 JBBL 351 -3.1 SBID83 1098 8.7 SHEL 242.9 -4.7 MKCL 1497 -26 PMHPL 260 -4 LVF2 9 0 PRIN 968 4 MNBBL 395.8 -0.8
×
त्रिशूली नदीमा खसेको जिप भारतीय , यात्रुको अवस्था अज्ञात।



त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जिप खसेको पाइएको छ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूली नदीमा खसेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सेतो रंगको सिंगल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।  ‘बिहान राति नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो,’ भण्डारीले भने।

बिहान ४:५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो। खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९जिसी १४३० नम्बरको बोलेरो जिप फेला परेको भण्डारीले बताए।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। जिपमा कति व्यक्ति सवार थिए भन्ने यकिन भइसकेको छैन। जिप नदीबाट निकाल्न सकिएको छैन। हेभी उपकरणको सहायकताले नदीबाट जिप निकाल्ने तयारी भइरहेको भण्डारीले बताए।

‘यात्रु के कति थिए यकिन छैन, नदीमा खोजी भइरहेको छ,’ उनले भने, ‘जिपमा कोही पनि फेला परेको स्थिति छैन।’

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस