आखुँखोला जलविद्युतद्वारा शेयर अभौतिकीकरण गर्न अनुरोध , यस्तो छ तरिका

आखुँखोला जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

कम्पनीले  आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरिएको साधारण शेयर तथा संस्थापक शेयर, नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.मा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोवार सुरु भैसकेको हुनाले  कम्पनीबाट सटही हुँदै आएको शेयर सर्टिफिकेट कार्य बन्द गरेको छ।

आफूनो शेयर अभौतिकरण नगरेका कम्पनीका संस्थापक शेयरधनिहरुले आफूनो पुरानो सर्टिफिकेट लिएर सिभिल क्यापिटल मार्कटमा गइ नयाँ शेयर सार्टीफकेट लिई आफूनो निक्षेप सदस्य (DP ) मा सम्पर्क गरी डीआरएन  मार्फत अभौतिकरण गर्नको लागि कप्मप्निले अनुरोध गरेको छ।

त्यस्तै कम्पनीले आयोजना प्रभावित स्थानीय शेयरधनीहरुलाई पनि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा सम्पर्क राखी शेयर सर्टिफिकेट लिएर निक्षेप सदश्यकोमा सम्पर्क गरी डीआरएन मार्फत शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

शेयर प्रमाणपत्रलाई अभौतिकीकरण गर्ने तरिका

  • तपाइँले खरिद गरेको शेयरको प्रमाणपत्र तपाइँसँग भएको नभएको यकिन गर्ने । यदी शेयर प्रमाणपत्र हराएको अथवा लिनुभएको छैन भने उक्त कम्पनीको शेयर बिक्री कुन क्यापिटलमार्फत भएको थियो यकिन गरी उक्त क्यापिटलमा गइ प्रमाणपत्र लिने । यदी प्रमाणपत्र हराएको हो भने प्रतिलिपि लिनका लागि प्रकृया चलाउने ।
  • तपाइँले कति सालमा प्राथमिक शेयर खरिद गर्नुभएको थियो, त्यो बेलादेखि हालसम्म कम्पनीले प्रदान गरेका प्रत्येक वर्षको बोनस शेयर छ भने ती सबैको प्रमाणपत्र त्यही क्यापिटलमार्फत लिने ।
  • प्राथमिक शेयर र अन्य प्रमाणपत्रहरु संकलन भइसकेपश्चात तपाइँले जहाँबाट डिम्याट खाता खोल्नुभएको हो उक्त स्थानमा गइ शेयर अभौतिकीकरणका लागि प्रकृया सुरु गर्ने । त्यहाँबाट प्राप्त जानकारी नै तपाइँका लागि आधिकारीक हुनेछ ।

कम्पनीले प्रकासन गरेको सुचना

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।