×
दक्षिण एसिया कराते च्याम्प्यिनसिपमा प्रजिस्मा श्रेष्ठले दिलाइन नेपालको लागि स्वर्ण पदक।



नेपाल कराते महासंघको व्यवस्थापनमा आज भएको सातौं दक्षिण एसिया कराते च्याम्प्यिनसिपमा नेपालका लागी प्रजिस्मा श्रेष्ठले स्वर्ण पदक दिलाएकी छन्।

चितवनकी प्रजिस्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै नेपाल लाई पहिलो स्वर्ण पदक जिताउन सफल भएकी कराते चिफ कोच तथा नेपाल कराते महासंघ तेक्निकल कमिती चितवनका अध्यक्ष टार्जन श्रेष्ठले जानकारी दिनु भयो। उनले  ४५ केजी मुनिको समुहबाट प्रतिस्पर्धा गर्दै उक्त पदक जिताउन सफल भएकी हुन्।

दक्षिण एसियाली कराते महासंघ (एसएकेएफ) को आयोजना, एसियाली कराते महासंघको स्वकृती र विश्व कराते महासंघको मान्यता प्राप्त च्याम्पियनसिप शनिबार र आइतबार (२०८० मंसिर १६ र १७ गते) दुई दिन सम्म त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ गरि २ सय ३७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस