SAMAJ 3321.1 1.1 LBBLD89 1208.5 23.5 MBJC 321 -8 NICGF2 8.78 -0.02 GRDBL 743 5 KDL 1059 16 NHPC 220.1 0 RMF2 9.21 -0.13 UHEWA 476 -11 KPCL 493 -0.8 SONA 473.2 -7.8 CHDC 1684 -35.9 NESDO 2229 -18 DORDI 429 -3.3 NICD83/84 1062 -19 SJCL 326 -3.7 MANDU 885 -14 ILI 483.5 -2.5 NBBD2085 1100 0 NMBD87/88 1027 -3 BPCL 449 -7 NICFC 8.97 -0.33 LBLD86 1081 -0.2 NIMB 241.9 -9.1 BHL 440 -13 MBLD2085 1085 6.5 BHDC 583 5.4 PPL 461 -2.5 RHPL 364 -5.2 BGWT 934.9 -21.1 MFIL 768 48 MPFL 751 5 SGHC 393.6 0.1 SARBTM 765 -5 HDL 1423.1 49.1 KKHC 260 -2 KSY 9.22 -0.19 SMJC 574 -6 EDBL 645 -1.9 SMPDA 910 -1
×
प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीकाे टाेलीसहित जाजरकाेट प्रस्थान , रवि लामिछाने पनि जाने।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाकाे १६ जना स्वास्थ्यकर्मीकाे टाेली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उडेका छन्।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उद्धार तथा राहत कार्यमा जुट्न सुरक्षाका तीनवटै निकायलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए। प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सबैलाई अपिलसमेत गरेका छन्।

त्यस्तै रवि लामिछानेले पार्टीको भेला स्थगित गरेर आफू भूकम्प प्रभावित क्षेत्रमा जाने बताए । उनले भनेका छन्, ‘कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले ठुलो क्षति भएकोमा  अत्यन्त मर्माहत छौँ। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गर्दछौँ।विपद्को यो घडीमा सरकारलाई  सम्पूर्ण  साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन  आग्रह गर्दछौँ। साथै रास्वपा जाजरकोटका  सबै सदस्यहरूलाई उद्धार/राहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ।’

गएराति गएकोभूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुम-पश्चिममा गरी अहिलेसम्म कम्तीमा एक सय २८ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस