×
आज भने घट्यो तेह्रथुम पावर र साहस उर्जाको शेयर मूल्य



साहस उर्जाको शेयर मूल्य आज घटेको छ।

सहास उर्जाको शेयर मूल्य  आज घटेको छ। कम्पनीको अधिल्लो दिनको कारोबार  ७२६ मा भएको थियो भने आज ७१२ मा कारोबार सुरु भएको हो। आज कम्पनीको शेयर मूल्य ७१२ पुगेको छ।Screenshot 2021 11 21 151254 आज भने घट्यो तेह्रथुम पावर र साहस उर्जाको शेयर मूल्य

 

कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर  बाँडफाँट गरि सकेको छ  । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

त्यस्तै समाचार तयार पर्दा सम्म  तेह्रथुम पावर कम्पनीको शेयर ३ .९०   प्रतिसत घटेको छ ।  कम्पनीको अघिल्लो दिनको कारोबार ६४३.१० मा भएको थियो भने आज मूल्य सामान्य घटेर ६१८ पुगेको छ।Screenshot 2021 11 21 151346 आज भने घट्यो तेह्रथुम पावर र साहस उर्जाको शेयर मूल्य

 

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस