×
Lagani
Lagani Shiksha gif
सुर्खेत विमानस्थल २५ दिन बन्द हुने



सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो ।

धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । विमानस्थलको धावनमार्गमा ओभर-ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले बताए । ‘विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं ।’ उनले भने,‘त्यो अवधिमा नियमित उडान बन्द हुन्छन् ।’

Lagani Shiksha gif
sharehubapk सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि  बुद्ध एयरले नेपालगञ्जमा थप उडान गर्ने जनाएको छ । सुर्खेत विमानस्थल धावनमार्ग  मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाइ यात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस