×
जित संगै एसिया कपमा छनौट भयो नेपाल , भारत , पाकिस्तान र यूएईसँग खेल्ने।



जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ ।

वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनलमा पुगेसँगै नेपालले एसिया कपमा स्थान बनाएको हाे। नेपाल २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा रहँदा वर्षाले खेल बाधक बनाएको थियो । त्यसपछि लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो ।

IELTS PTE copy जित संगै एसिया कपमा छनौट भयो नेपाल , भारत , पाकिस्तान र यूएईसँग खेल्ने।
Free delivery जित संगै एसिया कपमा छनौट भयो नेपाल , भारत , पाकिस्तान र यूएईसँग खेल्ने।

लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटियो।  नेपालका लागि हेमन्त धामी र दीपेश कंडेलले ३-३ विकेट लिए । सुभाष भण्डारीले २ र आकाश चन्दले १ विकेट हात पारे ।

एसीसी यू-१९ प्रिमियर कपको फाइनल प्रवेशसँगै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ। अब २  महिनापछि हुने एसिया कपमा नेपालले यूएई, भारत र पाकिस्तानसँग खेल्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Bhagabati Pd. Bhari
Guest
Bhagabati Pd. Bhari
October 25, 2023 2:32 pm

नेपाली टिमलाई मुरी मुरी धन्यबाद।

Gokul Thapa
Guest
Gokul Thapa
October 25, 2023 6:30 pm

अब नेपालले क्रीकेट र फुटबलमा बिश्वकप खेल्नु पर्छ र जित्नु पनि पर्छ


सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस