×
Lagani
Lagani Shiksha gif
भरतपुरमा छैन नयाँ नोट , दशैमा जम्मा ९ सय जनाले मात्र पाउने !



राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न मिल्ने भनेर सुचना जारि गरेको थियो।

राष्ट्र बैंकले आफ्नो नजिकको वाणिज्य बैंकका शाखा कार्यालय मार्फत नयाँ नोट साट्न मिल्ने भने पनि चितवनमा त्यस्तो माहोल देखिएन। चितवनमा राष्ट्रिय वाणिज्य बैंकको चौविसकोठी शखामा मात्रै नोट सतही सुबिधा उपलब्ध थियो त्यो पनि सिमित जनाको लागि मात्र । बैंकले ११ बजे देखि नोट साट्न मिल्ने भने पनि बिहानै देखि मानिसको भिड थियो।

Lagani Shiksha gif
sharehubapk भरतपुरमा छैन नयाँ नोट , दशैमा जम्मा ९ सय जनाले मात्र पाउने !

नयाँ नोट साट्नको लागि करिब ४ -५ सय मानिसको लाइन थियो। बैंकले नोट साट्न सुरु गर्यो तर जम्मा ३ सय जनालाई मात्र नोट दियो र बाकि रहेकालाई भोलि बिहानै आएर फेरी लाइन लाएर आफ्नो पालो कुर्न भन्यो। त्यसपछि आफ्नो पालो आयो भनेर खुशी भएकाहरु निरास बने र बैंकिंग समय ४ बजे सकिने र मात्र १ बजेको हुदा आफुलाई आझै नयाँ नोट दिनु पर्ने उनीहरुले माग गरे तर बैंकका कर्मचारीले त्यो माग सुनेनन्।

बिहानैदेखि भोकै लाइन बसेकाहरु निरास भए र बैंकका म्यानेजरलाई आज बिहानदेखि लाइन बसेकाहरुलाई भोलि प्राथमिकता दिनुपर्ने भन्दै माग गरेर नाम टिपाउन खोजे तर बैंकका म्यानेजरले आफ्नो जागिर जाहोस तर आज लाइन बस्नेलाई नोट दिनको लागि प्राथमिकता दिन नसक्ने भन्दै धपाए। तर बैंकका कर्मचारीले आफुले चिनेका व्यक्तिहरुलाई भने लाइनमा नबसेपनि भित्र भित्रै नयाँ नोट बाडिरहेका थिए।

राष्ट्र बैंकले सजिलै नयाँ नोट पाउने भनेपनि भरतपुर जस्तो सहरमा रहेको कुनैपनि बैंकमा नयाँ नोट थिएन। दिनको ३ सय जनाले नयाँ नोट पाउदा ३ दिनमा जम्मा ९ सय जनाले नयाँ नोट पाउने छन्। करिब ३ लाख जनसंख्या रहेको भरतपुरमा जम्मा ९ सय जनालाई नयाँ नोट छुट्याउनु कतिको उपयुक्त होला ? उपत्यका बाहिरका सबै जिल्लामा विगतको दशैँमा पनि यहि अवस्था थियो।

notice not e1697550183834 भरतपुरमा छैन नयाँ नोट , दशैमा जम्मा ९ सय जनाले मात्र पाउने !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस