×
आज घटस्थापना: देवी दुर्गाको प्रतिमा स्थापना गरिँदै ,यस्तो छ शुभ साहित।



यस वर्ष अर्थात बिसं २०८० को बडा दसैं आजबाट सुरु भएको छ ।

नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यो दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।

IELTS PTE copy आज घटस्थापना: देवी दुर्गाको प्रतिमा स्थापना गरिँदै ,यस्तो छ शुभ साहित।
Free delivery आज घटस्थापना: देवी दुर्गाको प्रतिमा स्थापना गरिँदै ,यस्तो छ शुभ साहित।

यस दिन विहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकैलगायतका अनाज छर्ने गरिन्छ । माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ ।

यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ । त्यसपछि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनजस्तै भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।

आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । उपत्यका लगायत देशैभरका देवी मन्दिरह लगायत शक्ति पीठहरुमा विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते मंगलबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।

यस वर्ष कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा र टीका जमरा ग्रहण गर्ने उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Bhesh Raj Pathak
Guest
Bhesh Raj Pathak
October 15, 2023 9:55 am

लेखाई मिलेकाे र सबैले बुझ्न सक्नेगरि लेखीएकाे छाेटाे मिठाे
अति ऊत्तम


सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस