KDBY 9.21 -0.23 DLBS 1374 30 GVL 538.5 -22 NWCL 975 -13.9 MCHL 488.3 -3.7 GBBL 447 -6 GCIL 498 -5.8 MPFL 751 5 NBLD85 1025 0 NICBF 9.3 -0.08 HURJA 220 -4.6 RBCL 17071 -109 DOLTI 538 10 SMFBS 1505.2 6.2 MERO 760 0.5 TPC 465 6 LUK 9.21 -0.09 SBCF 9 -0.2 NIFRA 280 -5 NICSF 9.5 0.25 NRIC 803 -5 MMF1 8.98 0.1 SFCL 704.1 63.6 AKJCL 209 -3 MAKAR 500 6 SFEF 9.29 0.22 SMH 1064.8 5.9 MKHL 493 -6 SPDL 310 5 MATRI 1405 -8 SICL 832 0 MSLB 1564 -70 RMF1 9.15 -0.1 LVF2 9 0 NICA 452 -13 NICFC 8.97 -0.33 GUFL 735 5 SNLI 585.1 -0.9 NBBD2085 1100 0 NICGF 10.56 -0.28
×
आज देखी सस्तो पसल सञ्चालन हुदैँ , चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाहिने।



सरकारले आज देखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरीमा ३५ स्थानमा बिक्रीस्थल राखिने छ ।

जसअनुसार काठमाडौं उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलीयत पसल राखिने भएको छ।

यसैगरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सचिवालय सदस्य मनहरी तिमल्सिनाले जानकारी दिएका छन ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले हालै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको थियो भने साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाइएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने गरी सस्तो पसल सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस