×
Lagani
Lagani Shiksha gif
भारत विरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै।



चीनमा जारी १९ औं एसियाली खेलकुदमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गरि रहेको छ ।

नेपालले टस हारेर फिल्डिङ गरि रहेको छ। झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजीको क्रिकेट फिल्डमा टस जितेर भारतका कप्तान ऋतुराज गायकवाडले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।

Lagani Shiksha gif
sharehubapk भारत विरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारत बिच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस