×
पालो ढिलो आएको भनेर केएमसी अस्पतालमा चिकित्सकमाथि कुटपिट !



सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको छ ।

आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए ।  डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका हुन् । चिकित्सकको अवस्था भने सामान्य रहेको छ ।

कुटपिटमा संलग्न गुल्मी घर भएर काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भएर सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ ।

अहिले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिइरहेका छन् । आन्दोलनका कारण अस्पताल पनि ठप्प छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस