SRLI 443.1 -4.9 MMF1 8.98 0.1 RBCL 17071 -109 TPC 465 6 HPPL 316.3 -3.6 BHDC 583 5.4 DLBS 1374 30 SANIMA 326 -10.2 KBLD86 1115 0 EBL 605 5 CBBL 980 1 MFIL 768 48 ULBSL 3199 37 AHL 651 2 NIBSF2 8.9 0.08 EBLD85 1105 5 JFL 655 6 SPL 813 -12.1 SMH 1064.8 5.9 SHL 512 -4.5 CHL 353 0.4 CIZBD90 1081 1 RIDI 235 0 GIBF1 9.69 0.1 AKJCL 209 -3 MDB 630 -3.8 PHCL 465.1 -9.9 UHEWA 476 -11 CIT 2195 0 LBLD86 1081 -0.2 SADBL 419 -1 NICFC 8.97 -0.33 JSLBB 1513.9 38.9 RADHI 397.9 7.9 PRVU 248 -10 HHL 439 -3.2 OHL 925 -9 SMFBS 1505.2 6.2 MMKJL 543.6 9.6 BPCL 449 -7
×
नेपालको सहज जित , अविनाशले लिए ६ विकेट।



चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको हो । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा १० विकेट गुमाउँदै ७४ रन मात्रै बनाउन सक्यो ।

माल्दिभ्सका लागि मुआवियाथ घनीले ३६ रन, रसिद रासमले १२ रन र फरीद शिउसले १० रन बनाए । अन्यले दोहोरो रन जोड्न सकेनन् । नेपालका लागि अविनाश बोहराले ६ विकेट लिए । सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।  नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।

यसो त ६७ रनमा ४ विकेट गुमाएको नेपालको खेललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेर २१३ रनको लक्ष्य दिएका हुन् ।

नेपालले पहिलो खेलमा मंगोलियालाई हराएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस