ENL 1102 -18 GMFBS 1512.1 -16.9 NMLBBL 769 -11 SHLB 1886.9 1.9 TPC 465 6 TAMOR 482.9 -2.1 LBLD86 1081 -0.2 NLIC 814 -13.4 SAHAS 505 28 LBBLD89 1208.5 23.5 LVF2 9 0 CYCL 1540 -7 MAKAR 500 6 KBL 234 -6.9 SLCF 9.21 -0.1 SJCL 326 -3.7 SAMAJ 3321.1 1.1 SINDU 667 -6 ICFC 823.9 74.9 SPHL 666.9 16.9 NFS 1350 -43 SPL 813 -12.1 RSDC 735 0 H8020 10.2 -0.05 UNHPL 266 0 KPCL 493 -0.8 ANLB 4453.1 47 BHDC 583 5.4 MPFL 751 5 KDL 1059 16 ULHC 390 -7.9 SMH 1064.8 5.9 NHPC 220.1 0 SIGS3 9.45 0.09 SIKLES 707 -3 VLBS 902.5 -7.5 LEC 276.8 -6 TSHL 909 -11 GBILD86/87 1030 4 CMF1 10.5 -0.2
×
असोज १४ देखि सर्वसाधारणका लागि प्रिमियम आईपीओ निष्कासन गर्दै सोनापुर मिनरल्स।



सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा बिक्री गर्न लागेको हो । आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो ।

कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा १ लाख ३४ हजार ५२० कित्ता मात्र आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ सर्वसाधारणमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।

यी वाहेक सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यी वाहेक बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।

सर्वसाधारण लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । आईपीो विक्री अवधि छिटोमा असोज १७ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २८ गतेसम्म विक्री लम्बिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् । यस कम्पनीले दाङ जिल्लामा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ साल जेठ १८ गतेदेखि कम्पनीले उत्पादन सुरू गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस