NBBD2085 1100 0 BBC 4255 50 EDBL 645 -1.9 AKPL 248.5 -2.5 UNLB 2527 -3.9 UNL 48870 -930 PBD85 1079.9 19.9 SFMF 10.2 -0.2 NRN 905 -8 NUBL 730 2.8 TPC 465 6 MBJC 321 -8 KSBBL 448 -3 NADEP 1030 -55 GBLBS 738 -10 SONA 473.2 -7.8 SICL 832 0 FOWAD 1479 0 KPCL 493 -0.8 ALICL 714.5 -1.2 GLBSL 1600.4 -29.6 RBCL 17071 -109 SWBBL 1065 2.1 VLBS 902.5 -7.5 LBLD86 1081 -0.2 MLBSL 2000 -26 NICSF 9.5 0.25 HRL 861 -4 CITY 805 -17 CKHL 632 -8 PHCL 465.1 -9.9 SMH 1064.8 5.9 GIBF1 9.69 0.1 KBL 234 -6.9 SBI 482.9 -6 LICN 1995.9 -27.1 GILB 1268.4 4.4 SPHL 666.9 16.9 MPFL 751 5 HDL 1423.1 49.1
×
गैरीगाउँ सामूहिक हत्या प्रकरण – रिसीइबीको कारण हत्या, आरोपी ‘बोल्न नसक्ने’



काठमाडौंको तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिन खोज्दा घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएको र पछि राईले उनलाई कुटपिट गरेका थिए। जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक-पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए।

कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने काठ मिलमा पुगेको र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरेको र पछि त्यहाँ अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिने ठानेर अन्य तीन जनाको पनि सोही खुकुरी प्रहार गरेर हत्या गरिएको प्रहरीको भनाइ छ।

भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको पनि हत्या गरेका थिए।

चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदीभिनाजुको घरमा गएर बसेका थिए। आइतबार बिहान उनलाई काठमाडौंमा प्रहरीले आफूलाई पक्रिन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेको अवस्थामा पक्राउ गरेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस