×
Lagani
Lagani Shiksha gif
गैरीगाउँ सामूहिक हत्या प्रकरण – रिसीइबीको कारण हत्या, आरोपी ‘बोल्न नसक्ने’



काठमाडौंको तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिन खोज्दा घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

Lagani Shiksha gif
sharehubapk गैरीगाउँ सामूहिक हत्या प्रकरण - रिसीइबीको कारण हत्या, आरोपी ‘बोल्न नसक्ने’

केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएको र पछि राईले उनलाई कुटपिट गरेका थिए। जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक-पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए।

कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने काठ मिलमा पुगेको र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरेको र पछि त्यहाँ अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिने ठानेर अन्य तीन जनाको पनि सोही खुकुरी प्रहार गरेर हत्या गरिएको प्रहरीको भनाइ छ।

भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको पनि हत्या गरेका थिए।

चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदीभिनाजुको घरमा गएर बसेका थिए। आइतबार बिहान उनलाई काठमाडौंमा प्रहरीले आफूलाई पक्रिन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेको अवस्थामा पक्राउ गरेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस