DORDI 429 -3.3 SAEF 11.22 0.17 LBBL 475 -4.8 SGHC 393.6 0.1 SBLD84 1040 19.3 NBF2 9.15 -0.05 NMBD87/88 1027 -3 NICAD8283 1169.8 86.8 GRDBL 743 5 SPIL 853 -18 HEIP 381.8 20.8 NIMBPO 176.9 -1.1 ICFC 823.9 74.9 JFL 655 6 HRL 861 -4 HATHY 1322 13 NICD83/84 1062 -19 MFIL 768 48 TSHL 909 -11 KRBL 613 0 UMHL 308 -4 PCBL 292 -2 NIFRA 280 -5 RBCLPO 12300 88 DOLTI 538 10 MHNL 265.5 -0.5 RNLI 495.5 1.5 EDBL 645 -1.9 CBBL 980 1 GILB 1268.4 4.4 MSLB 1564 -70 MATRI 1405 -8 NABIL 594 3 CORBL 958.8 -10.2 SINDU 667 -6 TRH 1118 -5 JOSHI 305 -6.8 NSIF2 10.52 0.02 GHL 218.5 -1.1 LVF2 9 0
×
भारतले ६ ओभरमै जित्यो एसिया कप।



भारतले एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । योसँगै भारतले एसिया कप आठौं पटक जितेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो। जसलाई भारतले ६.१ ओभर खेल्दै भेट्टाएको हो।

भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे ।

कोलम्बोस्थित प्रेमादसा रंगशालामा जारी खेलको टस जितेर ब्याटिङमा आएको घरेलु टिम  १५.२ ओभरमा ५० रनमै समेटिएको थियाे ।

घरेलु टिमलाई सस्तैमा समेट्न भारतका सिराजले ६ विकेट लिए। सात ओभर बलिङ गरेका सिराजले एक मेडन राख्दै २१ रन खर्चिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सिराजको यो अहिलेसम्मकै उत्कृष्ट स्पेल हो। यसअघि उनले ३२ रन खर्चेर चार विकेट लिएका थिए।

श्रीलंकाविरुद्ध सिराजले चौथो ओभरमा चार, छैटौँ ओभर र १२औँ ओभरमा समान एक विकेट लिएका थिए। यसबाहेक, हार्दिक पन्ड्याले तीन विकेट लिँदा जसप्रित बुमराह एक विकेट लिए ।

भारतीय बलरसामु निरीह देखिएका श्रीलंकाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । कुशल मेन्डिसले १७ रन र दुसन हेमान्थाले १३ रन जोड्नु नै श्रीलंकन ब्याटरबाट बनेको दोहोरो अंकको रन बन्यो । श्रीलंकाका चार ब्याटर शून्यमा आउट भएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस