×
Lagani
Lagani Shiksha gif
एक महिनामा दोस्रो पटक मूल्य बढ्दा कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?



भदौ महिनामै इन्धनको मूल्य दोस्रो पटक बढेको छ। सरकारले शुक्रबार रातिबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगम व्यवस्थापनले शुक्रबार पेट्रोल प्रतिलिटर १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

मूल्यवृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ८३ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७३ रूपैयाँ पुगेको छ। यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस