NMB 178.1 -1.8 BBC 3728.9 -13.1 LBLD86 1045 19.9 NMB50 9.55 0.18 NLICL 540 -9 KBLD86 1077 -0.7 MANDU 1030 63.3 UNL 40290 790 SBLD89 1092.4 2.4 NICAD85/86 1040 18.9 TAMOR 368.2 -15.8 GBBL 366.9 -2.7 JFL 510 -2.7 HHL 349 -4 PRVU 140 -1.5 SBID89 1015 7.9 RMF1 7.76 0.06 PFL 665 -2 CBLD88 1059 18 SWMF 808 -2 JSLBB 1355.2 7.9 SFMF 9.91 0.28 SANIMA 241 1 SBLD83 1043 20 RHPL 267 -1 DLBS 1220 -44 SHEL 155 -1.9 NLG 760 4.2 NMBMF 645.3 -24.5 TSHL 502 -12 DOLTI 413 -12 BNHC 515 23 MSHL 621 -9.1 PSF 8.5 0 GBIME 178 1 RBCLPO 10750 -48 EBL 509 -2 KSBBL 375 -2.4 DORDI 406 -6 KBL 138 -2
×
रास्वपाका पूर्वसांसद ढाकाकुमारलाई धारिलो हतियार प्रहार भनेर लेख्ने युवक पक्राउ



राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भनेर सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

डा. श्रेष्ठले कारबाहीको माग गर्दै कास्की प्रहरीमा उजुरी दिएपछि स्याङजा आँधीखोला गाउँपालिका वडा नम्बर ५ ठुलीबराहाका ३५ वर्षीय सूर्य बहादुर रेग्मीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

केही दिनअघि रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएकोर उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी भन्ने स्टाटस राखेका थिए।

उनलाई नियन्त्रणमा लिई विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस