IGI 600 -4 NMB 263.9 -7.1 PRVU 248 -10 KBSH 2386 -9 SONA 473.2 -7.8 NICA 452 -13 RHGCL 388 0 NABIL 594 3 UMRH 475 -1.9 SFCL 704.1 63.6 MBLD2085 1085 6.5 PPCL 262 -5.2 BFC 625 9.1 VLBS 902.5 -7.5 MND84/85 1030 2 SIKLES 707 -3 GVL 538.5 -22 BHPL 655.1 -12.7 RMF1 9.15 -0.1 NMBMF 695 -10 KSBBLD87 1093.4 18.4 CORBL 958.8 -10.2 NMLBBL 769 -11 CHDC 1684 -35.9 CYCL 1540 -7 DDBL 916.2 3.1 BBC 4255 50 OHL 925 -9 USHEC 523 -7 SJCL 326 -3.7 NIMB 241.9 -9.1 CCBD88 1123.1 6.1 PBD88 1102.1 2.1 SPDL 310 5 HIDCLP 183 -2 HBL 260 -13 NICLBSL 705.5 -7.5 JBLB 1534 -3 NICGF 10.56 -0.28 HLI 472 -4
×
घरघरमा संविधान बाँड्न सर्वोच्च अदालतको आदेश !



सर्वोच्च अदालतले हरेक नेपालीको घरमा नेपालको संविधानको प्रति बाँड्न सरकारका नाममा आदेश दिएको छ ।

अधिवक्ता विकास भट्टराईले २०७२ सालमा दर्ता गरेको रिटमा सुनुवाइ गर्दै  न्यायाधीशहरु  हरिप्रसाद फूयाल र सुष्मालता माथेमाको इजलासले हरेक घरघरमा संविधान बाँड्न परमादेश जारी गरेको हो ।

‘यसअघिका संविधानहरु राजाको नामबाट जारी भएका थिए । यो संविधान नेपाली जनताले नै बनाएर जारी गरेको हो ,यो संविधानको प्रस्तावनामै नेपाली जनताले संविधान जारी गरेको भन्ने विषयवस्तु छ । अपनत्वका लागि पनि हरेक नेपालीको घरमा संविधान पुर्याउनुपर्छ भनेर रिट निवेदन लिएर गएको हुँ ।’अधिवक्ता भट्टराईले भने ।

अधिवक्ता भट्टराईले घरघरमा संविधान जारी गर्नुपर्छ भनेर माग राखी कानुन किताब व्यवस्था समितिलाई समेत मुद्दा हालेकोमा  समितिले सरकारले अनुदान दिएमा घरघरमा संविधान बाँड्न सकिन्छ भनेर लिखित जवाफ दिएको थियो । समितिले अहिले नेपालको संविधान १३० रुपैयाँमा वितरण गरिरहेको छ । २०७८ सालको जनगणना अनुसार, नेपालमा ५६ लाख ४३ हजार ९४५ घरधुरी छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Chor neta
Guest
Chor neta
September 10, 2023 7:57 pm

Hawa haru, kaam lagni kura badnu xaina. Yo ta online rakhdiye vayo ta.

Toyanath Rijal
Guest
Toyanath Rijal
September 11, 2023 10:35 am

घरघरमा शम्बीधानबाडेर कल्ले पढ्नी युबा युबती बिदेश भएईए बुढा बुढी का आँखाले देख्दैन्न



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस