MEHL 380.1 -19.9 EBL 605 5 SDBD87 1035 4 SMHL 613.1 -4 MPFL 751 5 SBD87 1048 11.9 FMDBL 758 -0.1 HEIP 381.8 20.8 MKHC 339 -1 LBBL 475 -4.8 SBI 482.9 -6 NRN 905 -8 MAKAR 500 6 SHEL 242.9 -4.7 SIGS3 9.45 0.09 SCBD 1111 6 HPPL 316.3 -3.6 CMF1 10.5 -0.2 MLBBL 1635 15 LSL 253.5 -5.5 EDBL 645 -1.9 API 289.5 2.5 KSBBLD87 1093.4 18.4 RHPL 364 -5.2 SHLB 1886.9 1.9 SINDU 667 -6 RLFL 625 6.9 VLBS 902.5 -7.5 NADEP 1030 -55 SMH 1064.8 5.9 ENL 1102 -18 NICBF 9.3 -0.08 EBLD85 1105 5 SALICO 747 -9.1 HIDCLP 183 -2 HIDCL 270.7 -4.1 SRBLD83 1065 -10 GHL 218.5 -1.1 SFEF 9.29 0.22 CCBD88 1123.1 6.1
×
कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको अर्को चौकीको उद्घाटन , जनप्रतिनिधिलाई भारतको रोक !



भारतको नियन्त्रणमा रहेको दार्चुलास्थित कालापानी क्षेत्रमा पर्ने इलाकामा सशस्त्र प्रहरी बलको थप चौकी स्थापना भएको छ।

व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने तिङ्करमा स्थापना गरिएको बोर्डर आउट पोस्ट (अस्थायी सीमा चौकी) ले शुक्रवार औपचारिकता पाएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार नयाँ चौकीमा इन्स्पेक्टर प्रमुख छन्। सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीका अनुसार अपरान्ह चौकीको उद्घाटन भएको छ।

अधिकारीहरूले त्यसअघि चीनसँगको सिमानामा रहेको सीमा स्तम्भ, पिलर निरीक्षण गरेका थिए। भारतीय फौज रहेको कालापानी क्षेत्र व्याँस गाउँपालिकामा पर्छ। त्यसको वडा नम्बर १ मा छाङरु र तिङ्कर दुई वटा बस्ती छन्।

दार्चुलाको सदरमुकामबाट त्यहाँ पुग्न जोखिमपूर्ण र निकै अप्ठेरो भएकाले भारतीय अनुमति पत्र लिएर उसैको बाटो भएर उक्त क्षेत्र जाने गरिन्छ। सहायक प्रमुख जिल्ला अधिकारी धामीका अनुसार चौकी उद्घाटनको निम्ति नेपाली सुरक्षा अधिकारीहरू त्यही बाटो हुँदै बुधवार छाङरु र बिहीवार तिङ्कर पुगेका हुन्।

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल र प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण जोशी लगायतको टोली त्यहाँ पुगेको छ। तर उनीहरूसँगै जान लागेका तीन जना राजनीतिक व्यक्तिलाई भारतीय अधिकारीहरूले बाटो बाटै फर्काइदिएको बताइएको छ।

जसले गर्दा व्याँस गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामी समेत उक्त कार्यक्रममा सहभागी हुन पाएनन्। त्यस्तै सदरमुकाम खलङ्गा समेत पर्ने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैंसिर र एक विद्यार्थी नेता दीपक खाती पनि फर्काइएकाहरूमा छन्। दुई जना जनप्रतिनिधि नेकपा एमालेका हुन भने खाती कांग्रेस सम्बद्ध विद्यार्थी नेता हुन्। त्यसबारे जानकारी लिन खोज्दा सीडीओ किरण जोशी लगायतका प्रत्यक्षदर्शी तिङ्करमा रहेकाले उनीहरूसँग फोन सम्पर्क हुन सकेन।

करिब १४ किलोमिटर बाटो पार गरेपछि भारतको सशस्त्र सीमा बल (एसएसबी) का डिआइजीले स्वागत गरे। दुवै देशका अधिकारीहरूबीच केही समय बैठक भयो। त्यहाँ अनुमति पत्र जाँच हुँदैन। तर भारतीय अधिकारीले त्यहाँ सबैको पत्र हेरे। एक प्रत्यक्षदर्शीले भने, “तीन जनालाई उनीहरूको अनुमति पत्रमा केही त्रुटि भएको र त्यसबारे माथिबाट जानकारी लिनुपर्ने भनेर पर्खाए।”

भारतीय अधिकारीले ‘जानकारी लिएर उहाँहरूलाई पठाइदिन्छौँ तपाईँहरू जानुस्’ भनेर सीडीओ र एआईजी सहितको टोलीलाई पठाएको ती प्रत्यक्षदर्शीको भनाइ छ। “तर लामो समयसम्म जानकारी आएको छैन भने पछि हामी फर्कियौँ,” महाकाली नगरपालिकाका प्रमुख चैंसिरले सुनाए।

कारणबारे उनीहरू बेखबर छन्। तर व्याँस गाउँपालिकाका अध्यक्ष धामीका भनाइमा ‘राष्ट्रियताको पक्षमा कुरा उठाउनेहरूप्रति भारतीय पक्षबाट यस्ता व्यवहार’ भइरहन्छन्। “रोटी बेटीको सम्बन्ध भन्ने कुरा देखाउने दाँत मात्र हो,” अध्यक्ष धामीले भने, “भारतको कर्मचारीतन्त्र अङ्ग्रेजकालीन छ।” बिबिसी नेपालीको सहयोमा 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस