×
Lagani
Lagani Shiksha gif
आज श्रीकृष्ण जन्माष्टमी , सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द रहने ।



सेयर बजार आज बुधबार बन्द हुने भएको छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् । आज भदौ २० गते श्रीकृष्ण जन्माष्टमी परेकाले सरकारले सार्वजनिक बिदा दिइएको छ । सोही कारण आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द गरिएका हुन् ।

Lagani Shiksha gif
sharehubapk आज श्रीकृष्ण जन्माष्टमी , सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द रहने ।

अब सेयर बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक ६.४५ अंकले घटेर १९ सय ६१.३७ बिन्दुमा बन्द भएको थियो । जसमा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।  पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।

उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस