SBD87 1048 11.9 SJLIC 477 -7.5 SIKLES 707 -3 SFMF 10.2 -0.2 NUBL 730 2.8 FOWAD 1479 0 NMB50 10.3 0.05 CHCL 568.9 -8.1 SNLI 585.1 -0.9 RIDI 235 0 SJCL 326 -3.7 RADHI 397.9 7.9 PRVU 248 -10 PHCL 465.1 -9.9 NIBLGF 9.1 0.38 NRN 905 -8 SMPDA 910 -1 SBLD84 1040 19.3 NRIC 803 -5 UNLB 2527 -3.9 PBD85 1079.9 19.9 GBIME 256.1 -4.4 MHL 725 3.5 NADEP 1030 -55 MLBL 398 -6.9 H8020 10.2 -0.05 MATRI 1405 -8 ILBS 980 -21.5 NBF2 9.15 -0.05 HLBSL 1010 -10 SHL 512 -4.5 STC 5908 9 PRIN 968 4 ICFC 823.9 74.9 UPPER 214.2 -1.8 UPCL 262.2 -2.7 SLBSL 1398.4 21.4 KSY 9.22 -0.19 NIBD84 1030 -20 ACLBSL 1035 0
×
भारतलाई नेपालको मध्यम लक्ष्य, आसिफ शेखको अर्धशतक



ओपनर आसिफ शेखको अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल जोडेको छ।

आसिफले ५८ रन बनाएका थिए। भारतविरुद्ध नेपालका ओपनरद्वय आसिफ र कुशल भुर्तेलले उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावर प्लेमा भारतीय बलिङलाई दबाबमा राखेका थिए। तर, ९.५ ओभरमा कुशल भुर्तेल आउट भएपछि नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन।

भारतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए। कुशल पनि इनिङको पहिलो ओभरको छैटौं बलमा क्याच आउट हुनबाट बचेका थिए। मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौं बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे । १४४–६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्याएका थि । सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन जोडेका थिए।

गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे। नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन। आरिफ सेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रनमात्र थपे। सन्दीप लामिछानेले नौ रन बनाए। कुशल मल्ल दुई रन र ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण केसी दुई रनमा अविजित रहे।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन-तीन विकेट लिए। हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक-एक विकेट लिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस