×
रूरू जलविद्युत् परियोजनाको नाफा घट्यो, इपीएस  कति ?



रूरू जलविद्युत् परियोजनाले गत आर्थिक वर्षको थौथो त्रैमाससम्म आइपुग्दा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा २६.०७ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

IELTS PTE copy रूरू जलविद्युत् परियोजनाको नाफा घट्यो, इपीएस कति ?

यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १६.६३ प्रतिशतले घटेर १३ करोड ४९ लाख रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा विद्युत् बिक्रीबाट यस कम्पनीले १६ करोड १९ लाख रुपैयाँ आर्जन गरेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले पनि नाफा प्रभावित भएको हो ।

साथै, कम्पनीको बिक्री लागत पनि ४ करोड ४८ लाख रुपैयाँ नोक्सानमा छ । यसले पनि नाफामा असर गरेको हो । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ । असार मसान्तसम्म आइपुग्दा रूरूको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७६ पैसाबाट घटेर १३ रुपैयाँ ९५ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २८ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस