आईपीओ निष्कासन गर्दै अपर स्याङ्गे हाईड्रोपावर , शेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले स्थानियवासी तथा सर्वसाधारणहरुका लागि ८ लाख ७० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । उक्त आइपिओ निष्कासन गर्नको लागि कम्पनीले शेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मंसिर १ गते बुधबार सम्पन्न भयो । सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा।पा।वडा नं.४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बिर बहादुर घलेले जानकारी गराए ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।