HURJA 220 -4.6 BNT 14350 -50 SIKLES 707 -3 MEL 292 2 RFPL 532 11.1 GVL 538.5 -22 GBIME 256.1 -4.4 KPCL 493 -0.8 TVCL 461 1 PRIN 968 4 NUBL 730 2.8 NICA 452 -13 API 289.5 2.5 HBLD83 1056.3 0.3 NMLBBL 769 -11 BPCL 449 -7 HBL 260 -13 ADBL 367 -11.1 RIDI 235 0 MLBSL 2000 -26 GCIL 498 -5.8 MKCL 1497 -26 MKHC 339 -1 MLBL 398 -6.9 GBBL 447 -6 SMJC 574 -6 SLBBL 958.9 -4.2 TAMOR 482.9 -2.1 HEI 648 -10 IGI 600 -4 NIBSF2 8.9 0.08 NYADI 305.4 -6.6 NICGF2 8.78 -0.02 EBLD85 1105 5 SHL 512 -4.5 ENL 1102 -18 NIL 912 8 RBCLPO 12300 88 HIDCL 270.7 -4.1 AHPC 267 -0.6
×
सबैले भर्न पाउने मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक।



मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५% अर्थात् १६ लाख ६० कित्ता र स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

यसमा कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । कम्पनीले यसअघि जारी पुँजी ८० करोड रुपैयाँको १०% अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस