MHL 725 3.5 MPFL 751 5 NICAD8283 1169.8 86.8 UMRH 475 -1.9 RHPL 364 -5.2 JOSHI 305 -6.8 NICGF2 8.78 -0.02 GCIL 498 -5.8 GBBL 447 -6 SMB 1809 4 NMBD87/88 1027 -3 SIGS3 9.45 0.09 SCB 691.1 3.6 PBD88 1102.1 2.1 NMLBBL 769 -11 CITY 805 -17 HDHPC 208.8 -4.1 BGWT 934.9 -21.1 KDL 1059 16 STC 5908 9 NICGF 10.56 -0.28 JSLBB 1513.9 38.9 NRN 905 -8 SFEF 9.29 0.22 NIBSF2 8.9 0.08 NSIF2 10.52 0.02 TPC 465 6 ADBL 367 -11.1 SEF 9.51 -0.24 NLO 242.1 0 EBLD85 1105 5 TAMOR 482.9 -2.1 SIKLES 707 -3 NICD88 1032 -21 MAKAR 500 6 SONA 473.2 -7.8 HBLD83 1056.3 0.3 NMBMF 695 -10 KKHC 260 -2 DDBL 916.2 3.1
×
रिलायबल नेपाल लाइफको प्रिमियम आईपीओ निष्कासन मिति सार्बजनिक।



रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले साउन २३ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गर्ने भएको छ ।

यसले वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यस कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने छ । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस