×
एसियन लाइफ लाभांश घोसणा , नगद र बोनस कति ?



एसियन लाइफ इन्सुरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफा तथा सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दुई प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् । यस कम्पनीले मंगलबार नै चालु आर्थिक वर्षको वित्तीय विवरणसमेत सार्वजनिक गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी दुई अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस