RBCLPO 12300 88 SEF 9.51 -0.24 KBL 234 -6.9 BPCL 449 -7 ALBSL 1040 -4 NIMBPO 176.9 -1.1 BBC 4255 50 CLI 634 -4.9 HIDCLP 183 -2 AHL 651 2 SBID83 1098 8.7 MNBBL 395.8 -0.8 DHPL 242 1 HHL 439 -3.2 GRDBL 743 5 CHCL 568.9 -8.1 IGI 600 -4 NABBC 631 -12 UNHPL 266 0 PCBL 292 -2 SONA 473.2 -7.8 NIL 912 8 MLBBL 1635 15 MND84/85 1030 2 SJLIC 477 -7.5 NHPC 220.1 0 SMB 1809 4 ULBSL 3199 37 USLB 1467 -2.9 PROFL 655 7 SHL 512 -4.5 LVF2 9 0 SHPC 525 -3.9 KDBY 9.21 -0.23 IHL 499 -1 NMBMF 695 -10 JBBL 351 -3.1 MKJC 467.9 -1 NMBD87/88 1027 -3 HEI 648 -10
×
माण्डु हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिनसक्ने



माण्डु हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बिहीबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा अब साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले असार २८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम भाउमा आइपीओ निष्कासन गरेको हो । हाइड्रोपावरले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि जारी गरेको छ ।

यसले १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आईपीओ बिक्रीमा ल्याएको हो । उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिकाको वडा नं ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।

यता, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन भएको छ । दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस