×
सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्दै अविरल हाइड्रोपावर



अविरल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ ।

कम्पनीले यस सम्बन्धी प्रस्ताव पारित गर्नका लागि सर्वसाधारणको विशेष साधारणसभा आह्वान गरेको छ । जेठ १६ गते झापास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने यस सभामा, कम्पनीको शेयर सर्वसाधारणलाई बिक्री गर्ने विशेष प्रस्तावमाथि छलफल गरिनेछ ।

साथै, आईपीओ निष्कासन प्रक्रियालाई सहज र सुव्यवस्थित तवरले अघि बढाउनका लागि सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । यस निर्णयले कम्पनीको पुँजी विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस