राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ ।
टक्सार विभागले ब्रेक सुसहित जोख्दा आठ पोकाको कुल तौल १५५ केजी ४६८ ग्राम रहेको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।
सुन कति छ भनेर ब्रेक सुल निकालेर मात्र थाहा हुने आचार्यकाे भनाइ छ । ‘ब्रेक शु’भित्र सुनका साना-साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ उनले भने ।
सुनलाई मुचुल्का उठाएर महाशाखाको ढुकुटीमा राखिएको छ ।
रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छनन् ।
प्रतिक्रिया
हा!हा! अब ब्रेक सुल खोल्दा सुन हैन पित्तल होला अनि १५५ कोलो तौल ५५ग्राम होला अरु के नै हुन्छर नेपालमा ????