NSIF2 10.52 0.02 SHL 512 -4.5 ULHC 390 -7.9 GUFL 735 5 MFLD85 1050 -20 MLBL 398 -6.9 SARBTM 765 -5 SNMAPO 190 0 FMDBL 758 -0.1 DORDI 429 -3.3 SMHL 613.1 -4 NICFC 8.97 -0.33 UPPER 214.2 -1.8 PMHPL 260 -4 SMPDA 910 -1 NHPC 220.1 0 CYCL 1540 -7 LVF2 9 0 RMF1 9.15 -0.1 LBBL 475 -4.8 NBBD2085 1100 0 NMBD87/88 1027 -3 NABIL 594 3 AKJCL 209 -3 CGH 909 -5 NICSF 9.5 0.25 NMB 263.9 -7.1 SPHL 666.9 16.9 NIFRA 280 -5 SHIVM 599 -8 SBID83 1098 8.7 PROFL 655 7 KBL 234 -6.9 PPL 461 -2.5 NMBMF 695 -10 SKBBL 934 -3 CITY 805 -17 NADEP 1030 -55 STC 5908 9 SFMF 10.2 -0.2
×
माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले आईपीओ निष्काशन गर्दै



माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले बिहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका- ९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका- २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-५ मा बसोबास गर्ने स्थिानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर बाँडफाँड गर्ने कम्पनीले जनाएको छ ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस