×
खुल्यो नेसनल हाइड्रोपावरको हकप्रद सेयर बिक्रि।



नेसनल हाइड्रोपावरले आज शुक्रबार असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ ।

यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यस अनुसार नेसनलको ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला भएको छ ।

IELTS PTE copy खुल्यो नेसनल हाइड्रोपावरको हकप्रद सेयर बिक्रि।

यस हकप्रद सेयरका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ । जेठ ३२ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउने छन् । यस हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम अवस्थामा रहेको संकेत गर्दछ । मुक्तिनाथ क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गरेको छ ।

मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट यसमा आवेदन दिन सकिन्छ ।

धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस