NESDO 2229 -18 HEI 648 -10 NMB 263.9 -7.1 MHNL 265.5 -0.5 MND84/85 1030 2 NADEP 1030 -55 NABBC 631 -12 NIBD84 1030 -20 ULHC 390 -7.9 NIL 912 8 SLBSL 1398.4 21.4 KEF 9 0.28 SBL 345 -8.1 ILI 483.5 -2.5 MMKJL 543.6 9.6 SGHC 393.6 0.1 SHLB 1886.9 1.9 SIGS3 9.45 0.09 PMLI 562 1 SHPC 525 -3.9 SAEF 11.22 0.17 UPCL 262.2 -2.7 SRLI 443.1 -4.9 NLIC 814 -13.4 NIBD2082 1099 0 CIZBD90 1081 1 KSBBL 448 -3 PPCL 262 -5.2 PHCL 465.1 -9.9 PBD84 1065 1.7 CIZBD86 1060 -10 NLICL 606 -4 NICAD8283 1169.8 86.8 NMBD87/88 1027 -3 AVYAN 909 -6 IGI 600 -4 SMFBS 1505.2 6.2 MHL 725 3.5 BBC 4255 50 SINDU 667 -6
×
माथिल्लो मैलुङ खोलाले ४ साउनदेखि आईपीओ बिक्री गर्ने



माथिल्लो मैलुङ खोला जलविद्युतले आगामी ४ साउनदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । यस कम्पनीले १ सयअंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गर्न लागेको हो ।

योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दाहरुलाई निष्कासन गर्न लागेको हो । त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थिानीय बासिन्दाहरुका लागि निष्कासन गर्नेछ ।

यी क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी हुनेछ । यता, सर्वसाधारणमा निष्कासन हुने १५ लाख कित्ता सेयरमध्य अर्थात १ लाख ५० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले यस कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले यस आयोजनाको आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक र एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस