माथिल्लो सोलु हाइड्रोपावरले ३३ करोडको आईपीओ निष्कासन गर्ने

सोलुखुम्बुमा निर्माण गरिएको माथिल्लो सोलुखोला हाइड्रोपावर कम्पनीले ३३ करोड बढीको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

सोलु खोलामा निर्माण गरिएको २३.५ मेगावाटको कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर जारी गर्ने जनाइएको छ ।

कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि २०७७ चैत्र १६ गते बोर्डमा निवेदन दिएको हो।

कम्पनीले एनएमबी क्यापिटल मार्फत शेयर निष्कासन तथा बिक्री गर्ने कम्पनीका जनसम्पर्क अधिकृत बद्रीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीले आइपिओ निष्कासनको लागि २०७७ चैत्र १६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

४ अर्ब ५० करोडको लागतमा २०७६ सालको मंसिरमा विद्युत् निर्माण सम्पन्न गरेको हाइड्रोपावर कम्पनीले हाल विद्युत् उत्पादन गर्दै आएको छ । आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी रहेको जनाइएको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।