SNLI 589 -4 NMB50 9.5 0.1 SKBBL 819.1 -5.9 ENL 796.8 -8.2 PROFL 321 -3 PBLD84 1021 -9 NIFRAUR85/86 915 -70 VLUCL 499.6 -2.4 PFL 525 -21 HURJA 292 2.8 C30MF 8.75 0.17 NICL 823 -9.4 SDLBSL 765 0 HEI 578.5 2.4 NIBSF2 7.55 0.1 LBBLD89 1080 20 DHPL 198 5 GBLBS 636 1 UMHL 251 3.8 SADBL 296 -3 HIDCL 165.1 -0.9 ADBLD83 1055 10 CFCL 370.6 -7.4 HEIP 361.1 6.7 RFPL 383.2 -10.8 GVL 427.5 -1.6 SPC 530 -5.1 NTC 832 -4 RLFL 356.5 -13.5 MDB 423.1 -3.9 SINDU 360 -5.3 MCHL 410 27 AHL 442.2 -7.6 SHINE 369.8 -0.2 CZBIL 156.8 -2.2 NHPC 146.2 -2.4 SIFC 379.8 -1.2 SAMAJ 1890 -20 SHLB 1321 58.2 GILB 986.4 -34.6
×
आजदेखि ई-पासपोर्ट परीक्षण, सर्बसाधारणले कहिले पाउने ?

साङ्केतिक तस्बिर



सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ ।

सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ । ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएएस कम्पनीले राहदानी छपाइको जिम्मा लिएको छ । नेपाल सरकारसँगको सम्झौताअनुसार अनुमानित तीन अर्ब रुपियाँको लगानीमा २० लाख प्रति राहदानी छपाइ हुनेछ ।

विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र जडान गरिएको डिजिटल चिप्समा राहदानी बाहकको सबै विवरण सुरक्षित हुन्छ । नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुन्जेल त्यही राहदानीलाई नै मान्यता दिइने छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस