NADEP 1030 -55 KDL 1059 16 MKHC 339 -1 BBC 4255 50 RBCLPO 12300 88 SGIC 641.2 -4.8 HRL 861 -4 ADBL 367 -11.1 NBBD2085 1100 0 CZBIL 242 -10 SLCF 9.21 -0.1 RIDI 235 0 PPL 461 -2.5 UHEWA 476 -11 PBD85 1079.9 19.9 NBLD85 1025 0 SMFBS 1505.2 6.2 MCHL 488.3 -3.7 PRIN 968 4 MMF1 8.98 0.1 NBF3 9.04 0.17 KKHC 260 -2 LBBL 475 -4.8 MNBBL 395.8 -0.8 API 289.5 2.5 SAHAS 505 28 NRN 905 -8 SKBBL 934 -3 CIZBD90 1081 1 MHCL 410 -7 NMLBBL 769 -11 BGWT 934.9 -21.1 MLBSL 2000 -26 CIZBD86 1060 -10 HBLD83 1056.3 0.3 MPFL 751 5 GMFIL 623 1 BHPL 655.1 -12.7 ACLBSL 1035 0 CCBD88 1123.1 6.1
×
अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

हाइड्रोपावरले १० असारदेखि सर्वसाधारणका लागि ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो ।  सीडीएसका अनुसार १२ असार साँझ ५ः०५ बजेसम्ममा यसमा ९ लाख ६ हजार १०८ जनाले ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १८.४३ गुणा बढी आवेदन हो ।

त्यस्तै, ५ प्रतिशत अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २  प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस