NLG 1317 2 GILB 1268.4 4.4 AHL 651 2 CORBL 958.8 -10.2 DLBS 1374 30 BNT 14350 -50 NUBL 730 2.8 NTC 980.1 -2.4 LVF2 9 0 RNLI 495.5 1.5 NABBC 631 -12 PBD84 1065 1.7 NMLBBL 769 -11 SFMF 10.2 -0.2 OHL 925 -9 SARBTM 765 -5 HDL 1423.1 49.1 GUFL 735 5 PRVU 248 -10 BBC 4255 50 SAEF 11.22 0.17 GVL 538.5 -22 GRDBL 743 5 UNLB 2527 -3.9 STC 5908 9 RBCLPO 12300 88 CHDC 1684 -35.9 CGH 909 -5 BHDC 583 5.4 CHL 353 0.4 SEF 9.51 -0.24 SGHC 393.6 0.1 KBL 234 -6.9 FMDBL 758 -0.1 PMLI 562 1 SFEF 9.29 0.22 SMHL 613.1 -4 BFC 625 9.1 UPPER 214.2 -1.8 MANDU 885 -14
×
ललितानिवास प्रकरण : हाई प्रोफाइल पक्राउ गर्न सिआइबीको त्यो ‘सेक्रेट प्लान’



पटक–पटकको प्रयासपछि पनि ललितानिवास जग्गा प्रकरणसँग सम्बन्धित मुद्दा अघि नबढेपछि सिआइबी हैरान थियो ।

किनकि घटनामा ‘हाई प्रोफाइल’ अभियुक्त संलग्न थिए । सिआइबीले घटनालाई फरक ढंगले अनुसन्धान गर्न यसअघि पनि कोसिस नगरेको होइन । तर, सूचना चुहावटका कारण खुलेको फाइल पनि पटक–पटक बन्द भए । किनकि अभियुक्तको चलखेल चर्को थियो । त्यसो हुँदा अभियुक्त खुलेआम हिँडिरहेका थिए ।

सिआइबी घटनाको फाइल पुनः खोल्ने मनस्थितिमा पुग्यो । सूचना लिक हुन सक्ने संशयबीच सिआइबीले महिना दिनअघि पाँच उच्च अधिकृत सम्मिलित विशेष टिम गठन गर्‍यो । घटनामा जोडिएका हाई प्रोफाइल अभियुक्त छनोट गर्‍यो । जसमध्ये हिट लिस्टका १५ अभियुक्त सिआइबीको ‘रेड जोन’मा परे । त्यसमा पनि अग्रपंक्तिमा राखिएको थियो– भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङको नाम ।

टिमले उनीहरू बस्ने ठाउँ, बोक्ने टेलिफोन नम्बर, चढ्ने गाडी, हिँड्ने सडक, काम गर्ने कार्यालय गोप्य रूपमा ‘लोकेट’ गर्‍यो । कथंकदाचित सूचना चुहावट भए उनीहरू भाग्न सक्ने र लुक्न सक्ने ठाउँको समेत सिआइबीले लोकेसन लियो । अभियुक्त हाई प्रोफाइल भएकाले उनीहरूले चलखेल गर्न सक्ने ठाउँ तथा पक्राउपछि आउन सक्ने दबाब र चुनौतीको पनि सिआइबीले विश्लेषण गर्‍यो ।

जब अप्रेसन ‘मुभ’ हुने अवस्थामा पुग्यो । त्यसपछि सिआइबीले छुट्टाछुट्टै १५ वटा अर्को उपटिम गठन गर्‍यो । प्रत्येकलाई फरक–फरक व्यक्तिको फोटोसहित लोकेसन, टेलिफोन नम्बर, गाडी नम्बर उपलब्ध गरायो । र, उनीहरूलाई पक्राउ गर्न ‘कन्साइन्मेन्ट’ दियो । सोही ‘कन्साइन्मेन्ट’ पूरा गर्न सिआइबीका १५ उपटिम चार दिनदेखि सक्रिय थिए । जसमध्ये सिआइबीको सात ‘टार्गेट’ सफल भयो । बाँकी आठ टार्गेट भने विविध कारणले पूरा हुन सकेन । आजको नयाँपत्रिका दैनिकबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस