ILBS 980 -21.5 SFCL 704.1 63.6 MKHL 493 -6 SJLIC 477 -7.5 H8020 10.2 -0.05 KBLD86 1115 0 KMCDB 1027.8 -11.1 SNMAPO 190 0 RLFL 625 6.9 MHCL 410 -7 ICFC 823.9 74.9 LLBS 1050 5 MND84/85 1030 2 MEHL 380.1 -19.9 OHL 925 -9 NHPC 220.1 0 SMATA 875 -16 NICD83/84 1062 -19 HHL 439 -3.2 CCBD88 1123.1 6.1 GMFBS 1512.1 -16.9 AVYAN 909 -6 EBL 605 5 PPCL 262 -5.2 ANLB 4453.1 47 HPPL 316.3 -3.6 LVF2 9 0 RURU 740 -9.8 RHGCL 388 0 DLBS 1374 30 GBBLPO 205 0 NSIF2 10.52 0.02 MBLD2085 1085 6.5 NABIL 594 3 CIZBD86 1060 -10 AKPL 248.5 -2.5 DOLTI 538 10 NLIC 814 -13.4 SJCL 326 -3.7 NBL 292.2 1.2
×
ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्देशन खारेज



नयाँ ब्रोकर लाइसेन्स लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो । छलफलका क्रममा नयाँ ब्रोकर लाइसेन्सलाई रोक्न नहुने निष्कर्ष निस्कियो । खुला अर्थतन्त्रको मान्यतामा पहिलो पटक खुला प्रणालीबाटै लाइसेन्स वितरणको प्रक्रिया अघि बढाइएकाले यसले कसैलाई पनि हानी नगर्ने निष्कर्षसहित प्रक्रिया अघि बढाउन भनिएको छ ।

जेठ २९ गतेको अर्थ समितिको बैठकले कानुनी व्यवस्था मिलाएर बोर्डले थप लाइसेन्स बाँड्न लागेको भन्दै विरोध भएको थियो भने लाइसेन्स प्रक्रिया नै रोक्न धितोपत्र बोर्डलाई निर्देशन गरेको थियो ।

विवादकाबीच अघि बढेको नयाँ ब्रोकर लाइसेन्सका ४५ कम्पनीले आवेदन दिएकामा हालसम्म प्रक्रिया पुर्‍याएका र पूर्वाधार तयार गरेका १९ कम्पनीले लाइसेन्स पाइसकेका छन् । बाँकी आवेदन परेका कम्पनीहरूको समेत प्रक्रिया र पूर्वाधार हेरेर मापदण्ड पुगेकालाई लाइसेन्स दिन बोर्डको तयारी छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस