×
Lagani
Lagani Shiksha gif
भूगोल इनर्जीको अधिकांश सूचक ऋणात्मक , प्रतिसेयर नेटवर्थ ५८.२१ रुपैयाँ ।



भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहीअवधिसम्मा ३ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो हिसाबले विद्युत बिक्रीको आम्दानीमा ३०.५९ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ १६ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा रिजर्भ २७ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी (ईपीएस) १६.१८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५८.२१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस