Sep 27,2023 
10:46 AM
Live :
FMDBL      664.8
-1.99 % -14
API      198.3
1.95 % 4
KPCL      351.9
2 % 7
NICLBSL      669.9
-1.99 % -14
LEC      174
1.75 % 3
UHEWA      337.1
-1.98 % -7
EHPL      363.6
-1.99 % -7
MHCL      217.3
1.97 % 4
GCIL      483
0 % 0
TSHL      410.7
-1.98 % -8
MEHL      252.4
1.98 % 5
KBL      164
1.86 % 3
ICFC      480.2
-2 % -10
SLBBL      686.9
-2 % -14
LLBS      739.5
2 % 15
HLBSL      691.9
-2 % -14
GILB      914.9
2 % 18
AKPL      212
1.92 % 4
ALBSL      733
1.95 % 14
UPCL      202.9
1.96 % 4
HURJA      268.5
-1.97 % -5
HDHPC      141
1.51 % 2
BHPL      426.3
1.99 % 8
SPL      916.8
-2 % -19
RNLI      475
-0.57 % -3
×
नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर सम्बन्धी ५ दिने कार्यशाला आयोजना गर्दै एनपी नग।



नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ ।

यही असार ३ देखि ८ सम्म सञ्चालन हुने कार्यशाला काठमाडौंको होटल रोयल सिङ्घी र होटल एलफ्ट हुने भएको हो । एनपी नग-एट (npNOG-8) नामक यो कार्यक्रम अन्तर्गत पाँच दिने कार्यशाला र १ दिने सम्मेलन आयोजना हुने छ । कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायिक विज्ञहरूबाट दुई ओटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ । इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले उक्त कार्यशाला संयुक्त रुपमा सञ्चालन गर्ने छन् ।

IELTS PTE copy नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर सम्बन्धी ५ दिने कार्यशाला आयोजना गर्दै एनपी नग।

जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्टक्चर र बीजीपी एन्ड आईपीभीसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन् ।
कार्यक्रमको अन्तिम दिन सम्मेलन आयोजना हुनेछ र उक्त कार्यक्रममा आईटी सम्बन्धी विज्ञहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् । उक्त तालिम कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करीब १५० जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । एनपीआईएक्सका प्रबन्ध निर्देशक रुपेशभक्त श्रेष्ठका अनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदान प्रदानमा सहयोग पुग्नेछ । “कार्यशालामा व्यवसायिक विज्ञहरूले स्वयंसेवाको रूपमा तालिम दिनेछन्,” कार्यक्रमको बारेमा जानकारी दिंदै श्रेष्ठले भने ।

एनपी नगका अध्यक्ष समित जनले वर्षको दुई ओटा कार्यक्रम गर्ने गरेको बताए । “हामीले एउटा काठमाडौंमा र अर्को काठमाडौं बाहिर आयोजना गर्ने गरेका छौं,” उनले भने । जनले देशको लागि सक्षम व्यावसायिक प्रावधिक जनशक्ति तयार पार्ने कार्यमा एनपी नगको भूमिका सधैं उच्च रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले https://npnog.org.np/npnog8/registration मा गएर रजिस्ट्रेसन गर्न सक्ने छन् । कार्यशाला र सम्मेलन दुवैमा सहभागिताका लागि रजिस्ट्रेसन शुल्क २० हजार रुपैयाँ (विदेशीका लागि २०० अमेरिकी डलर) निर्धारण गरिएको छ । त्यस्तै कार्यशालाका लागि मात्र १७ हजार रुपैयाँ (विदेशीका लागि १५० अमेरिकी डलर) र सम्मेलनका लागि मात्र पाँच हजार रुपैयाँ (विदेशीका लागि ५० अमेरिकी डलर) रजिस्ट्रेसन शुल्क तिर्नुपर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस