SBCF 9 -0.2 GBBL 447 -6 RLFL 625 6.9 USLB 1467 -2.9 HHL 439 -3.2 KEF 9 0.28 PRIN 968 4 SWBBL 1065 2.1 CIZBD90 1081 1 AHPC 267 -0.6 BGWT 934.9 -21.1 KDBY 9.21 -0.23 BPCL 449 -7 SBID83 1098 8.7 MFLD85 1050 -20 ALBSL 1040 -4 USHEC 523 -7 NMLBBL 769 -11 NMFBS 1435 1 NIMBPO 176.9 -1.1 CMF2 9.21 -0.1 CFCL 647 27.1 NTC 980.1 -2.4 BEDC 470 0 CBBL 980 1 LLBS 1050 5 SMFBS 1505.2 6.2 UAIL 639 -1 TPC 465 6 GBIME 256.1 -4.4 PBD84 1065 1.7 MFIL 768 48 EDBL 645 -1.9 VLBS 902.5 -7.5 TAMOR 482.9 -2.1 SHIVM 599 -8 NBF2 9.15 -0.05 SFEF 9.29 0.22 SCBD 1111 6 NBF3 9.04 0.17
×
नयाँ बानेश्वरमा ९० जनाले आँखा जचाए



नयाँ बानेश्वरको आँखा स्वास्थ्य शिविरमा ९० जनाले आँखा जचाएका छन् ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आयोजना गरेको वृहत्त रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रममा ९० जनाले आँखा जचाएका हुन् । नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लइटेलका अनुसार ९० जनाले आँखा जचाएका हुन् । त्यस्तै ५५ जनाले रक्तदान गरेका छन् । जसमा ५ जना महिला र ४८ जना पुरुष रहेको उनले जानकारी दिए ।

गणतन्त्र दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले उक्त कार्यक्रम आयोजना गरेको हो । बिहान १० बजेदेखि ३ बजेसम्म चलेको रक्तदान तथा आँखा शिविरमा उल्लेख्य उपस्थिति रहेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीदेखि बानेश्वर वृत्तका डिएसपी निसान श्रीवास्तवसम्मको उपस्थित रहेको थियो ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष ऊर्जाशील नवीन लइटेलले युवामा ऊर्जा भर्दै आएका छन् । नयाँ बानेश्वरलाई चलायमान बनाउन उनको निकै ठूलो भूमिका छ । लुइटेलले स्थानीयको स्वास्थ्य र सरसफाईमा विशेष जोड दिँदै आएका छन् ।

अध्यक्ष लुइटेलको नयाँ बानेश्वरमा अनधिकृत फुटपाथ र पार्किङ हटाउन पनि विशेष भूमिका छ । यसमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडाका जनप्रतिनिधिहरुलाई देखिनेगरी साथ दिएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस