×
चिलिमेको नाफामा छ दशमलव ०१ प्रतिशतको गिरावट



चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ०१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पाँच दशमलव ४२ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १० दशमलव १७ प्रतिशत घटेको छ । तीन महिनामा कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ३७ प्रतिशत घटी हो । विद्युत बिक्री आम्दानी घट्दा कम्पनीले नोक्सान व्यहोर्नु परेको हो ।समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग १० दशमलव ९० प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी दुई रुपैयाँ २८ पैसा घटेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस