NWCL 975 -13.9 KBLD86 1115 0 SWMF 812 -13 SNMAPO 190 0 GILB 1268.4 4.4 BNHC 466.9 0.7 IGI 600 -4 CIZBD86 1060 -10 RHGCL 388 0 NICBF 9.3 -0.08 CYCL 1540 -7 GMFBS 1512.1 -16.9 MND84/85 1030 2 GIBF1 9.69 0.1 MKJC 467.9 -1 NICSF 9.5 0.25 SNLI 585.1 -0.9 NMB 263.9 -7.1 CHCL 568.9 -8.1 MEHL 380.1 -19.9 MFLD85 1050 -20 DLBS 1374 30 BOKD86 1040 18 NIMB 241.9 -9.1 PRIN 968 4 CZBIL 242 -10 SHPC 525 -3.9 KSY 9.22 -0.19 HDHPC 208.8 -4.1 PRSF 9.54 -0.11 SPIL 853 -18 GBBL 447 -6 MDB 630 -3.8 BFC 625 9.1 NIBLSTF 8.68 0 EBLD85 1105 5 MMKJL 543.6 9.6 LBBL 475 -4.8 JBBL 351 -3.1 BPCL 449 -7
×
यात्री मोटरसाइकलको भाइरल फोटो नयाँ हो कि पुरानो ? जान्नुहोस तथ्य।



नेपालमा बनेको यात्री मोटरसाइकलका फोटो सोमबार सामाजिक सञ्जालमा भाइरल भएको छ।

फोटोमा मोटरसाइकलको अगाडिको च्यासिस भाँच्चिएको जस्तो देखिन्छ। केही अनलाइन मिडिया र सोसल मिडियामा सो फोटो पुरानो भएको दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचमा भने फोटो पुरानो नभई आज नै खिचेको देखिएको छ।

अनलाइन न्युजपोर्टल सेतोपाटीले ‘यात्री मोटरसाइकलको पुरानो तस्बिर भाइरल, कम्पनीले दियो स्पष्टीकरण’ शीर्षकमा समाचार राखेको छ। समाचारमा लेखिएको छ- ‘उक्त फोटो हालको नभई परीक्षण समयको रहेको कम्पनीले स्पष्टीकरण दिएको छ।’ हेर्नुस् सेतोपाटीको समाचारको अर्काइभ लिङ्क। हामीले क्राउडट्याङ्गलबाट हेर्दा  सेतोपाटीको यो समाचार लिङ्कमा ४१ सय रियाक्सन, ५७० कमेन्ट र १६८ सेयर भएको देखियो।

त्यसैगरी दृष्टि साप्ताहिकको अनलाइन न्युजपोर्टल दृष्टिन्युजले पनि ‘यात्री मोटरसाइकलको पुरानो तस्बिर भाइरल’ शीर्षकमा समाचार राखेको छ। हेर्नुस् अर्काइभ लिङ्क। त्यसैगरी फेसबुकमा १ लाख ७५ हजार फलोअर भएका डा. कल्याण सुवेदीको फेसबुक पेजमा पनि ‘यो research experiment phase को/ test गर्दाको पुरानो फोटो हो’ दावी गरिएको छ।

दुई घण्टामा यो पोस्टमा १ हजार १ सय रियाक्सन, १०६ कमेन्ट र ६३ सेयर देखिन्छ।

के हो तथ्य ?

यो फोटो भाइरल हुँदै गर्दा युवाको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेडमा फोटो आजै खिचेको दावी गर्दै एउटा पोस्ट भेटियो। हामीले उक्त पोस्ट गर्ने सुमनसित यसबारे थप जानकारी माग्यौँ। उनले फोटो आफ्ना मामा जयराम तिवारीले खिचेको भन्दै उनलाई सम्पर्क गर्न सुझाव दिए।

हामीले जयरामसित मोबाइलमा कुरा गर्दै यो फोटोको विषयमा जानकारी माग्यौँ। उनले भने, ‘हामी दुई जना बालाजु बाइसधारातिर यत्तिकै घुम्दै हिँड्दै आइरहेका थियौँ। बालाजु चोक कटिसकेपछि अस्ति भर्खर बन्द गरिदिएको पेट्रोल पम्पनिर, विष्णुमतिको पुलमा नयाँ बजारतिरबाट बालाजु चोकतिर जानेतिर बाइक चाहिँ यस्सो बसिरहेको रहेछ। मैले त खासै याद गरेको थिइनँ। सँगै भएको बाबुले यात्री बाइक यात्री बाइक भन्यो। अनि ठ्याक्क गइयो पारिपट्टी….बाइक रोडबाट पेटीपट्टी उकालेको रहेछ। मान्छेलाई के भयो भनेर सोधेको, मान्छेलाई केही भएन भन्नुभयो। त्यति तीन चार वटा फोटो खिचेँ अनि हिँडिहालेँ।’

उनले फोटो आजै दिउँसो खिचेको दावी पनि गरे। उनको दावीको तथ्य जाँच गर्न हामीले उनलाई ओरिजिनल फोटो हाम्रो इमेलमा पठाउन भन्यौँ। इमेलमा उनले चार वटा फोटो .HEIC फरम्याटमा पठाए। एप्पलले आइओएस ११ देखि यो फरम्याटको फोटो खिच्ने गर्छ।

हामीले सो फोटो फाइलको मेटाडेटा जाँच्यौँ। मेटाडेटामा क्यामेरा, खिचेको समय, ठाउँ (जिपिएस) लगायतका सबै जानकारी रहेछ। हामीले फोटोलाई pic2map टुलमा लगेर जाँच्यौँ। जयरामले गरेको दावी र फोटोको मेटाडेटामा रहेको जिपिएस लोकेसन उही देखियो। आइफोन १४ प्रोबाट यो फोटो २२ मे २०२३ अर्थात् सोमबार नै खिचेको देखियो।pic2map 768x451 1 यात्री मोटरसाइकलको भाइरल फोटो नयाँ हो कि पुरानो ? जान्नुहोस तथ्य।

datentime 768x272 1 यात्री मोटरसाइकलको भाइरल फोटो नयाँ हो कि पुरानो ? जान्नुहोस तथ्य।

फोटो दिउँसो ३ बजेर ८ मिनेट ४३ सेकेन्डमा खिचेको देखियो।

हामीले उनको यो फोटो ओरिजिनल .heic फरम्याटमा यता र .jpg फरम्याटमा यता अपलोड गरेका छौँ। डाउनलोड गरी इच्छुकले मेटाडेटा चेक गर्न सक्नुहुन्छ।

यसबाहेक हामीले यात्री कम्पनीको फेसबुकमा राखिएको सूचना पनि अध्ययन गर्‍यौँ। सूचनामा लेखिएको छ-

❗️IMPORTANT NOTICE❗️ There has been some pictures of compromised chassis floating on the internet without context of the situation. As a part of the iteration and new design, we continuously test new parts and systems at Yatri. As a part of the internal test program, our test engineers were testing a new chassis iteration (not production chassis) for optimization for verification and road data purpose which didn’t end so well. We hope this can help clear any confusion and concerns and please share this info to whom it may be relevant. 

उक्त सूचनामा कतै पनि उक्त फोटो पुरानो भएको लेखिएको छैन। त्यसमा ‘आन्तरिक परीक्षण कार्यक्रमको एउटा भागका रुपमा टेस्ट इन्जिनियरहरुले नयाँ च्यासिस इटिरेसनको परीक्षण गरिरहेका बेलाको’ उल्लेख गरिएको छ।

अपडेट : हाम्रो फ्याक्ट चेकमा ट्विटरमा प्रतिक्रिया दिँदै यात्री मोटरसाइकल्सले आफूहरुले फोटो पुरानो भएको दावी कहिले पनि नगरेको बताएको छ।

तथ्य जाँच

दावी : यात्री मोटरसाइकलको भाइरल भएको फोटो पुरानो हो।

दावीकर्ता : सेतोपाटी, दृष्टिन्युज र सामाजिक सञ्जाल प्रयोगकर्ताहरु

तथ्य : भ्रामक सूचना। हामीले भाइरल फोटो खिच्नेसित वास्तविक फोटो मागेर त्यसको मेटाडेटा परीक्षण गर्दा फोटो २२ मे, २०२३ दिउँसो ३ बजे खिचेको भेट्यौँ। त्यसैगरी यात्री मोटरसाइकलले सामाजिक सञ्जालमा राखेको स्पष्टीकरणमा पनि फोटो पुरानो भएको दावी गरिएको छैन। तसर्थ केही अनलाइन मिडिया र सोसल मिडियामा गरिएका दावी भ्रामक छन्। नेपाल तथ्यजाँचको सहयोगमा। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
रमेश कुमार पौडेल
Guest
रमेश कुमार पौडेल
May 23, 2023 1:56 pm

कहाँ को पुरानो हुनु हो फोटो हिजो भर्खर बालाजु पुल मा हाम्रै आँखा आगाडि भएको घटना हो यो च्याँचिस भाँचिएको हो पुरानो होइन ताजा ताजा फोटो हो



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस