×
Lagani
Lagani Shiksha gif
त्रिविको लापारबाही : आईटी पढाउनेकै डाटा ह्याक , लाखौ विद्यार्थीको डाटा जोखिममा !



त्रिभुवन विश्वविद्यालयलाई नेपालकै खत्तम विश्वविद्यालय भन्दा फरक नपर्ला।

यो विश्वविद्यालयले गर्ने चरम लापरवाही गनी सक्नु छैन। कहिले के काण्ड कहिले के काण्ड हुदा हुदै अहिले पुरुषलाई महिला नै बनाइदियो। केहि दिन अघि मात्र आईटि पढ्ने लाखौ विद्यार्थीको डाटा ह्याकरले चोरि गरेर डाटाबेसनै डिलिट गरिदीए पछि त्रिविको लापारबाही बाहिर आएको थियो। बिसिए प्रथम सेमेस्टरको फारम खुलेको बेला यस्तो हुदा परिक्षा दिने हजारौ विद्यार्थी समस्यामा परेका छन्। एकातिर व्यक्तिगत डाटा चोरि हुनुको पिडा भने अर्को तिर फारम भर्न नपाउनुको पिडा।

Lagani Shiksha gif
sharehubapk त्रिविको लापारबाही : आईटी पढाउनेकै डाटा ह्याक , लाखौ विद्यार्थीको डाटा जोखिममा !

फारम भर्ने अन्तिम मिति २७ गते सम्मम भएतापनि कलेजले भेरिफाइ गर्नुपर्ने हुदा २५ गते सम्म फारम भर्न कलेजले सुचना जारि गरेका छन्।  अफलाइन भर्न नमिल्ने हुदा धेरै विद्यार्थी समस्यामा परेका हुन्। ” हामीलाई साइबर सेक्युरिटी पढाउनेको साइतनै ह्याक भएपछि हामीले के विस्वास गरेर पढ्नु , अनि हामीलाई जागिर दिनेले कुन आधारमा दिन्छन ” एक विद्यार्थी भन्छन।

Screenshot 2023 05 05 080034 त्रिविको लापारबाही : आईटी पढाउनेकै डाटा ह्याक , लाखौ विद्यार्थीको डाटा जोखिममा !

चोरि भएको डाटाबारे गरिएको ट्वीट

एक हप्ता भन्दा बढी हुदा पनि साइट संचालन गर्न सकेको छैन। ह्याकरले भने उक्त डाटा डार्क वेवमा बेचीरहेको छ। जाबो ६५ एमबी डाटा पनि ब्याकअप राख्न नसक्ने विश्वविद्यालयलाई कुनै निकायले कारबाही गर्दैन। तर कुनै प्राइभेट कम्पनीबाट कसैको व्यक्तिगत डाटा चोरि भएको भए उक्त कम्पनी बन्दनै हुने थियो।

त्यसको ठिक ३-४ दिन पछि फेरी अर्को लापारबाही बाहिरिएको छ। विद्यार्थीले भर्ने रजिस्ट्रेसन फारममा पुरुसलाई पनि महिला बनाइदिएको छ। विद्यार्थीको जीवन संग खेलवाड गर्ने विश्वविद्यालयलाई न कसैको डर छ न कसैले कारबाही गर्न नै सक्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस