काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारबाही गर्नेृ जनाएको छ ।
महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई बिभागिय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।
महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाका अनुसार विद्यालय हाता भित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भए पछि सो निर्देशन जारी गरिएको हो ।
‘कुनैपनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ,’ महानगरद्धारा जारी निर्देशनमा भनिएको छ, ‘अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही हुने ब्योहोरासमेत जानकारी गराईन्छ ।’
सारै राम्राेे निर्णय मेयर साब