×
Lagani
Lagani Shiksha gif
बारामा बुथ कब्जाको प्रयास, मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक



बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तरगत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ ।

ईरनवास्थित मतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरुलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन्।

Lagani Shiksha gif
sharehubapk बारामा बुथ कब्जाको प्रयास, मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक

त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीय केही व्यक्तिहरुले समेत पत्रकारहरुलाई दुर्व्यवहार गर्न खोजेका छन् । त्यसपछि त्यहाँ रहेका प्रहरीले सन्चारकर्मीहरुलाई उद्धार गरेका हुन् ।

यसअघि मात्रै, बाराको देवताल गाउँपालिका–७ स्थित पिपरन जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् । मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई गरेको हो। पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ।

यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन्। विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ। अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस