


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ ।
‘दुई/तीन जना छुट्टै छन् पार्टीलाई धेरै सहयोग गर्ने, रवि सरलाई। त्यो टिमबाट मलाई कुरा आएको हो। आज नै फिक्स गर्नुपर्छ पैसा। उदारो हुँदैन भन्छन् फेरि। २ साढे २ भन्छन्। मैले १ दिए पनि मान्छन् होला। चेक दिए पछि पनि मान्छन् होला,’ उक्त अडियोयमा श्रेष्ठले भनेका छन्।
उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए । ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईंलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरें’ प्रसाईंले भनेका छन्, ‘उनीहरुसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’
रमिता . कम