NBF2 9.15 -0.05 SHL 512 -4.5 SWBBL 1065 2.1 HIDCL 270.7 -4.1 MKJC 467.9 -1 MSHL 938 3 RAWA 889 29 PRVU 248 -10 NICLBSL 705.5 -7.5 API 289.5 2.5 UNLB 2527 -3.9 UNHPL 266 0 CKHL 632 -8 ACLBSL 1035 0 MATRI 1405 -8 RHPL 364 -5.2 MMF1 8.98 0.1 NICGF2 8.78 -0.02 NMLBBL 769 -11 AVYAN 909 -6 HBL 260 -13 JOSHI 305 -6.8 H8020 10.2 -0.05 ANLB 4453.1 47 MHL 725 3.5 EHPL 840 7.9 PHCL 465.1 -9.9 SWMF 812 -13 NBL 292.2 1.2 PBD88 1102.1 2.1 SHINE 473 -1.8 SAGF 9.31 0.01 NICL 990.2 -4.8 SNLI 585.1 -0.9 BEDC 470 0 LLBS 1050 5 CYCL 1540 -7 GBIME 256.1 -4.4 NBBD2085 1100 0 SPL 813 -12.1
×
बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदनको ओहिरो , ९९ प्रतिसत आवेदनको हात खालि हुने।



बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

शुक्रबार सम्म कम्पनीको आईपियोमा ६ लाख २२ हजार ७२० जना आवेदकले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ। जुन सर्वसाधारणलाई  निष्कासन गरेको भन्दा ८५ दशमलव ६८ गुणा बढी आवेदन हो। हालको आवेदन हेर्दा जम्मा १ दशमलभ २ प्रतिसत आवेदकले १० कित्ताका दरले सेयर हात पर्ने देखिन्छ।

कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने  ९७ हजार कित्ता शेयर आईपीओ विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा यसअघि नै निष्कासन गरिसकिएको छ ।

बाकि रहेको सेयर मध्य १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो जसमा सर्बसाधारणले आवेदन दिन सक्ने छन्। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस