×
Lagani
Lagani Shiksha gif
बैंकको किस्ता थेग्न नसकेर पौडेलले गरे आत्महत्या !



रामेछापका एक व्यवसायीले आत्महत्या गरेका छन् ।

उनले बैंकको किस्ता थेग्न नसकेर आत्महत्या गरेको आफन्तले बताएका छन्। रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानी घर भई हाल काठमाडौँमा व्यवसाय गर्दै आएका व्यवसायी दीपक पौडेलले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार पौडेल लामो समय व्यापार व्यवसायमा संलग्न रहेको र बैंकको किस्ता तिर्न नसकेको कारण आर्थिक भार सहन नसकेर आत्महत्या गरेका हुन्।

Lagani Shiksha gif
sharehubapk बैंकको किस्ता थेग्न नसकेर पौडेलले गरे आत्महत्या !

लामो समयदेखिकाठमाडौँमा बस्दै आएका पौडेलले मङ्गलवार दिउँसो आफ्नै घरको भर्याङ्मा झुन्डिएर आत्महत्या गरेका हुन्।  ‘बिहान मर्निङ जाँदा डोरी किनेर झोलामा लिएर आएछन् । त्यसपछि आमालाई भाइको घरमा, श्रीमतीलाई जुस किन्न र सानो छोरो कलेज पठाएर उनी झुन्डिए छन् । उनको योजनाबद्ध तरिकाले ज्यान लिएको देखिन्छ । यो बैंकको ब्याज तिर्न नसकेरै ज्यान लिएको धेरैलाई थाहा भएको कुराहो । उहाँ ठुलो व्यापारी हुनुहुन्थ्यो ।’ श्रेष्ठले बताए।

पौडेलले व्यवसाय सञ्चालनका लागि भन्दै लिएको ऋण आर्थिक मन्दी र चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि उनी केहि समयदेखि पीडामा थिए । स्रोतका अनुसार उनले पछिल्ला केही दिनदेखि घरमा पनि ऋणको भार एकदमै बढी भएको र आफुले अब थेग्न नसक्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस