अपि पावर कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा बानेश्वर बैंक्वेट, थापागाउँ, काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्षको आर्थिक विवरण र वार्षिक प्रतिवेदनको समीक्षा गरी स्वीकृत गरेको छ। साथै, सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति समेत दिएको छ ।
कम्पनीले यो वर्ष कर प्रयोजनका लागि ७.५ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साथै ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशतको दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरेको हुदा फागुन ३ गतेसम्म कायम शेयरधनीहरूले लाभांश पाउनेछन् ।